अपडेट 
२०७७ फाल्गुन २६, बुधबार १३:०६

भारतले पाकिस्तानलाई एक करोड छ लाख कोरोना भाइरस विरुद्धको खोप निःशुल्क दिने भएको छ ।

पाकिस्तानलाई ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेशन (गाभी) सम्झौतामार्फत भ्याक्सिन दिन थालेको हो । यसमार्फत पाकिस्तानमा १ करोड ६ लाख डोज खोप जानेछ । यो खोप निःशुल्क भारतले पाकिस्तानलाई दिन लागेको हो । पाकिस्तानसँग गत सेप्टेम्बर मा गाभी सम्झौता भएको थियो । यो सम्झौताअनुसार विश्वका कयौं देशले कोरोनाको खोप पाउने छन् । पाकिस्तानलाई यही मार्चभरमा खोप उपलब्ध गराइने भारतले जनाएको छ । पाकिसतानको स्वास्थ्य मन्त्रालयले पब्लिक एकाउन्टस कमिटीलाई देशमा खोप लगाउनका लागि गाभीबाट मिल्ने निःशुल्क भ्याक्सिनको प्रतिक्षा रहेको बताएको छ । जबकि पाकिस्तानले चीनबाट हरेक डोजका लागि १३ डलर खर्चिरहेको छ । पाकिस्तानले चार भ्याक्सिनलाई स्वीकृति दिएको छ । पाकिस्तानमा अक्सफोर्ड–एक्स्ट्राजेनेकाको कोभिशिल्डसँगै चीनको सिनोफ्राम र क्यानसिनो बायो तथा रुसको स्पुतनिक–भी पिन सामेल हुनेछ ।

पाकिस्तानमा २ करोड ७० लाख मानिसलाई खोप लगाइसकिएको छ । यसमा फ्रन्टलाइनमा रहेर काम गर्ने र ज्येष्ठ नागरिक रहेका छन् ।

Comment


Related News

Latest News

Trending News