अपडेट 
२०७७ फाल्गुन २६, बुधबार १३:२५

वीरगञ्जबाट प्रहरीले लागु औषध गाजा सहित एक जना पक्राउ परेका छन् ।

वीरगञ्ज १८ बस्ने १९ वर्षीय प्रिन्स पटेललाई पक्राउ गरिएको हो । मंगलबार साँझ ७ बजे वीरगञ्ज ११ स्थित अल्पाईन बोर्डिङ स्कुल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  ना.४६ प.५३२९ नम्बरको मोटरसाईकल रोकी चालक पटेलको शरीर तथा सवारी साधन  खानतलासी गर्दा कालो ब्यागमा ३ किलो लागु औषध गाजा फेला परेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । मोटरसाईकल तथा लागु औषध गाजा सहित लागु औषध कसुर मुद्दामा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News