अपडेट 
२०७७ फाल्गुन २६, बुधबार १५:२५

सिमानाका थुनेर आर्थिक बिकास नहुने धारण वीरगन्जका सरोकारवालाले व्यक्त गरेका छन् ।

पर्यटन पुर्नउत्थानका लागि साझेदारी कार्यक्रमका वक्तहरुले यस्ता धारण व्यक्त गरेका हुन । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताए । उनले मान्छेबाट मान्छेमा कोरोना सर्ने भएपनि सीमामा भारतीय गाडीलाई रोकेर मान्छे आउन अनुमति दिईएकोमा बिरोध जनाए । भारतीय गाडीलाई आउन दिँदा पर्यटन क्षेत्र माथि उठ्छ । सीमा क्षेत्रमा रोक लगाएर पर्यटन क्षेत्रलाई माथि उठाउन सकिँदैन ।’नगर प्रमुख सरावगीको भनाइ थियो । ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मुल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुर्नउत्थानका लागि साझेदारी कार्यक्रमको उदघोष गरिएको छ । सरकारको विरुद्ध आन्दोलन यहिबाट गर्ने तर लगानीका हिसाबले राजनीतिक पूर्वाग्रह राख्ने गरिएको छ । ’ उनले भने ‘वीरगञ्जले के पाप गरेको छ, सबैले फाईदा लिनुहुन्छ तर वीरगञ्जलाई केहि दिनुहुन्न ?’ भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुता नितेश कुमारले कुनै पनि देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका राम्रो भएको बताउदै नेपालमा आउने भारतीय पर्यटक प्रवद्धनमा आफुहरुको सहयोगात्म भुमिका रहने बताए ।उनले कार्यक्रममो सफलताको कामना गर्दै आगामि दिनमा भारतीय प्रर्यटकहरुको पर्वद्धनमा हुने सबै प्रकारको सहयोगका प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका संरक्षक अनिल रुँगटाले कोभिडले होटल तथा पर्यटन व्यवसाय ९ महिनासम्म शुन्य अवस्थामा रहेको बताए । तर राज्यबाट प्याकेज घोषणा गरेर उचित सम्बोधन हुन नसकेको उनको भनाई छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले दिर्घकालिन र अल्पकालिन योजना बनाएर अगाडी बढाउन आग्रह गरे । उनले वीरगञ्ज पर्यटनको संभावना बोकेको सहर भएको बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता ,होटल व्यवसायी युवराज लामा,नेपाल पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने ,लगायतका वक्तहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले सीमा खुलेपछि पुर्नउत्थान योजना सार्वजनिक गर्ने तयारी गरेपनि जति प्रयास गर्दापनि सफल नभएको बताए ।

कार्यक्रममा कुमु प्यालेसकी सञ्चालिका शुशिला थापा र रोयल पार्टी प्यालेसकी सञ्चालिका सञ्चमाया श्रेष्ठलाई सम्मान गर्नुको साथै होटल तथा पर्यटन संघ वीरगञ्जमा आवद्ध सदस्य होटल तथा पर्यटन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । पर्यटन पत्रकार संघका अध्यक्ष शंकार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य रितेश त्रिपाठीले पर्यटन पुर्नउत्थानका लागि कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News