अपडेट 
२०७७ फाल्गुन २७, बिहीबार ०७:१४

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न लागेको विषयलाई लिएर असन्तुष्ट स्थानिय वडावासीहरु बिच आपसी तनाव उत्पन्न भएको छ । एक पक्षको अहिले जुन ठाउँमा केन्द्र छ त्यहीँ रहनुपर्ने र अर्को पक्षको जनताहरुलाई पायकपर्ने सबै वडाहरुको बिचमा पर्ने वडा न–२ स्थित बबरगंजमा केन्द्र सार्नुपर्ने अडान लिएपछि दुई पक्षबीच तानातान सुरु भएको छ । सातवटा वडाहरु रहेका पालिकामा वडा न–६ र ७ का स्थानिय केन्द्र सार्नु नपर्ने माग राखेर फाल्गुन २१ गतेदेखि चन्द्रनगर गाउँपालिकाको वडा न–६ र ७ मा पर्ने नाढीतालको छेउमा रहेको उक्त पालिकाको कार्यालयमा तालाबन्दी गरि रिले धर्नामा बसेका छन् । धर्नामा बस्दा गाउँपालिकाको कार्यालयाट सम्पादन हुने सम्पूर्ण कामकाजहरु ठप्प भएर सेवाग्राहीलाई समस्या भएको छ । केन्द्र सार्नुपर्ने अडानमा रहेका अर्को पक्ष चन्द्रनगर गाउपालिका वडा न –१,२,३,४ र ५ का स्थानिय बुधबार दिउँसो वडा न–२ स्थित बबरगंजमा गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा विरोध जुलुस निकालेका छन् । जुलुसमा सहभागी पाचवटै वडाका बासिन्दाहरु जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद राजेन्द्र महतोका दाइ समेत रहनुभएका गाउँपालिका अध्यक्ष महेन्द्र महतोको बबरगंज स्थित घरको घेराबन्दी गरि झण्डै आधा घण्टा सम्म नाराबाजी गरे । प्रदर्शनकारीहरुले महतोको घरमा ढुंगामुढा समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News