अपडेट 
२०७७ फाल्गुन २७, बिहीबार ०७:१६

धनुषाको मिथिला नगरपालिका २ जेडीपी फार्मस्थित श्री श्री १०८ श्री महावीर झण्डा मेला सुरु भएको छ ।

महावीर झण्डा मेलाको लागी बुधबार बिहान झाकी, झरी सहित करिब ३ सयको संख्यामा निस्केको कलश यात्रा डिहबार मन्दिर ,दुर्गामन्दिर, हनुमान मन्दिर हुँदै दूधमती पोखरीमा कलश थापेको थियो । कलश यात्रा समापन पछि खडा गरिएको १०५ फिट लामो झण्डाको मिथिला नगरपालिकाको प्रदेश सभा सदस्य सत्रुधन महतो र वडा नम्बर २ का वडाध्यक्ष बिहारी महतोले विधिवत रुपमा सुरु गरेको झण्डा मेलाको वरिष्ठ सल्लाहकार बीरेन्द्र महतोले जानकारी दिए । वरिष्ठ बीरेन्द्र महतोको अनुसार फागुन २६ गते बाट सुरु भएको झण्डा मेला फागुन २९ गते सम्म रहने बताए । झण्डा मेलालाई आकर्षित बनाउनका लागी झरी र नेपालका पहलमानहरुद्वारा दंगल लगायतका कार्यक्रम राखिएको छ । मेलामा वुधवार करिव २० हजार भन्दा बढीले अवलोकन गरेको र अगामी दिनमा बढ्दै जाने विश्वास व्यक्त गरिएको छ ।

Comment


Related News

Latest News

Trending News