अपडेट 
२०७७ फाल्गुन २७, बिहीबार १०:३०

उप प्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पूनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् ।

सर्वाच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पु¥याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए । ०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेकोे थियो । ऋषि कट्टेलले नाममा दावी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आईसकेको छ । प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने बताए । नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुहुन्छ ? भन्ने अर्को जिज्ञासामा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने बताए । सहकार्य र गठनबन्धनको संभावना पनि उत्तिकै रहेको बताउँदै उनले पार्टी फुटाउने काम सहज नभएको तर्क गरे ।

पूर्नजीवित नेकपा एमालेले सबै कम्युनिष्ट बामपन्थीलाई पार्टीलाई समेटेर अघि बढ्ने उनले बताए । राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानकै लागि प्रधानमन्त्रीले संसद विघटन गरेको भएपनि सर्वोच्च अदालतले संसद पूर्नस्थापना गरेपछि रोकिएको उनको भनाई छ ।हामीले राजनीतिक मान्यताका आधारमा गरेका थियौं । सर्वोच्च अदालतले संसद पूर्नस्थापना भयो सक्कियो ।’उनको भनाइ थियो कोभिड १९ क्राईसिस म्यानेजमेन्ट समितिको संयोजक समेत रहेको नेता पोखरेलले भन्सारमा आउजाउ गर्न कठिन भो भन्ने कुरा आएकोले नाका अबिलम्ब खोल्ने आश्वासन दिएका छन् । ‘जिल्ला कोभिड १९ क्राईसिस म्यानेजमेन्ट समितिले सिफारिस गरेपछि कार्यान्वयनको चरणमा जान्छ । नाका खोल्ने कुरामा सकारात्मक छौं । अबिलम्ब निर्णय गर्छौ ।’ प्रेस संगठन नेपाल पर्सा अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा भएको पत्रकार सम्मेनलमा नेता पोखरेलले वीरगञ्ज पथलैया सिक्स लेन सडकमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

‘हिजो म आएँ, सडकको तमासा देखें, सिक्स लेन भनेको छ । कुन ठेकेदारले के गर्यो, गरेन थाहा छैन । अनेक खालाका झन्झट छन्, जे सुकै कुरा होस, केपी ओली नेतृत्वको सरकार कै पालामा स्पिड अप गरिन्छ, लठिभद्र अवस्थाबाट मुक्ति दिन्छौं । जहाँ जहाँ अड्केको छ त्यसलाई फुकाउँछौं । विकास निर्माणका काम कसैले रोक्न चाहेर पनि रोकिदैन, त्यो अगाडी बढ्छ । ’ नेता पोखरलले भने ।

Comment


Related News

Latest News

Trending News