२०७७ फाल्गुन २७, बिहीबार १२:३४
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो ।यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


