अपडेट 
२०७७ फाल्गुन २७, बिहीबार १९:०७

जसपाको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

बिहीबार बसेको जसपा पदाधिकारी बैठकले संसदीय दलको नेता चयन गर्न शुक्रबार दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको हो । शुक्रबारको बैठकमा संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल पनि हुनेछ । राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको लामो समय भइसक्दासमेत संसदीय दलको नेता चुनिएको छैन । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकाअनुसार पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी बुधबार चैत ५ गते बस्नेछ । सामाजिक सञ्जालमाफर्त भट्टराईले आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने र वर्तमान राजनीतिक संकटको अग्रगामी निकास दिने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News