अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०७:१७

जनता समाजवादी पार्टी (जसपा) को तीन बूँदे शर्तबारे आज कार्यदलस्तरमा छलफल हुने भएको छ ।

सत्तारुढ नेकपा (एमाले) र जसपाका शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएसँगै थप छलफल गर्न दुवै पक्षको कार्यदलस्तरीय बैठक शुक्रबार बस्न लागेको हो । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीबारको वार्ता सकारात्मक भएको र शुक्रबार पनि कार्यदलस्तरमा वार्ता जारी रहने छ । एमालेबाट सुवास नेम्वाङ र डा.राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News