अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०७:२९

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेताहरुसित सरकारमा सहभागिबारे छलफल गरेका छन् ।

पदाधिकारी बैठक बसेर प्रधानमन्त्रीको सरकारी निवास वालुवटारमा छलफलका लागि पुगेका जसपाका नेताहरुले राखेका शर्तलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको वार्तामा सहभागि लक्ष्मण लाल कर्णले बताए । सरकारमा साझेदारीका लागि सांसद रेशम चौधरीको रिहाई, मधेश र थरुहट आन्दोलनको क्रममा लगाइएको झुठा मुद्दाहरु फिर्ता र संविधान संशोधन गर्नुपर्ने शर्त जसपाका नेताहरुले राखेका थिए । ‘हामीले राखेका शर्तहरुप्रति प्रधानमन्त्री सकारात्मक देखिनु भएकोछ’ कर्णले भने, प्रधानमन्त्रीले हामी सकारात्मक छौ भन्नु भएकोछ । प्रधानमन्त्री ओलीसितको छलफलपछि एमालेले अर्थमन्त्रि विष्णु पौडेल, सुभाष नेम्वांग र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई कार्यदलमा रहने जनाएकोछ ।जसपाको भने कार्यदलमा थप सदस्यहरु राखिने भएकोछ ।यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मण लाल कर्ण रहेको कार्यदल गठन गरेका थिए । गोप्य रुपमा प्रधानमन्त्रीसित छलफलगरि कार्यदल बनाउने ठाकुरको संसदीय दलको बैठकमा चर्को आलोचना भएपछि त्यसमा सदस्य थपिने सहमति भएकोछ । नेकपा एमालेको प्रतिनिधि सभामा १ सय २० जना सदस्य रहेका छन् ।सरकारका लागि १ सय ३८ जना चाहिन्छ ।जसपाको ३२ जना सांसद छन् ।त्यसको समर्थनले ओली सरकारलाई अनुकुल बहुमत पुग्नेछ । तर प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरुसित भएको छलफलबारे माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई कुनै जानकारी दिएनन् ।

पार्टीमा पेलेर जान खोजे बैकल्पिक निर्णय लिन सक्ने चेतावनी माधवकुमार नेपालले दिएका छन् ।जसपासित ओलीले सत्तासाझेदारी गरेपनि नेपाल–खनाल समुहले सहयोग नगरे सरकार ढल्ने निश्चित रहेकोछ । जसपाका नेताहरुले सरकारमा जान हतार गरेर संविधान संशोधनप्रति प्रधानमन्त्री सकारात्मक रहेकाबताएपनि संशोधनका लागि चाहिने दुई तिहाई बहुमत एमाले र जसपासित छैन् ।तत्कालिन समाजवादी पार्टीलाई सरकारमा सहभागि गराउँदा प्रधानमन्त्री ओलीले गरेको दुई बुंदे सहमति कार्यान्वयन गरेनन् ।संविधान संशोधनको विषयमा आवाज उठाउँदा अपमानपूर्ण ढंगले समाजवादीका नेता उपेन्द्र यादवलाई सरकारबाट ओलीले निकालेका थिए । ओलीसित सहकार्य गर्ने पक्षमा अझै यादव तयार छैनन् ।तर ३४ सदस्यीय दलको २२ जना सांसद ओलीको पक्षमा देखिएका छन् ।गत महिना सम्म सडकमा ओली बिरुद्ध चर्का भाषण गर्ने नेताहरु सरकारमा जान खुट्टा उचालेका छन् । तर, यति महत्वपूर्ण विषयमा छलफल गर्दा समेत पार्टी कमिटी र नेताहरुसँग कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । माधव समूहले सर्वोच्चको फैसलापछि पार्टी बैठक बोलाउन माग गर्दै आएपनि ओलीले बेवास्ता गर्दै आएका छन् ।

माधव समुहको बिहीबार बसेको स्थायी समिति सदस्यहरुको छलफलमा विकसित घटनाक्रमहरूका बारेमा पार्टी कमिटीमा छलफल गर्न बैठक बोलाउनुपर्ने भएपनि ओलीले बेवास्ता गरेको बताएका थिए । प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई छलफलमा सहभागि रहेका थिए ।त्यसैगरि जसपाका तर्फबाट नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, अशोककुमार राई ,राजेन्द्र महतो,, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News