अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०७:३३

महोत्तरी पिपरा गाउँपालिकका मुसाफिर झा दाम्पतीको अवस्थमा अझै अज्ञात नै रहेको छ ।

घटनाको १७ दिन भईसक्दा पनि वेपत्ता भएका ६५ वर्षिय झा र उनकी श्रीमती गीता देवि झाको अवस्था वारे प्रहरीले अझै सार्वजनिक गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अचार्यले घटनाको सक्रियता पुर्वक अनुसन्धान गरिएपनि अहिले सम्म कुनै खासै उपलब्धी नभएको बताए । झा दाम्पत्तिको अपहरण भएको वा हत्या भएको विषय अहिले सम्म नखुलेको बताउदै उनले भने,‘हामीले हरेक एङगलले घटनाको अनुसन्धान बढाएका छौ । तर अहिले सम्म खासै कुनै उपलब्धी पाउन सकेका छैनौ ।’ झा दाम्पतीको घटनाको अनुसन्धानका लागि नेपालका साथै छिमेकी म्ुलुक भारतका विभिन्न स्थानमा खोजि भइरहेको छ, उनले भने । घटनाको अनुसन्धानमा प्राविधिकका साथै नेपाल प्रहरीले प्रयोग गर्ने उच्च स्तरीय टेकनिकल उपकरणलाई पनि प्रयोगमा ल्याइएको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले झा दाम्पतिको घटनालाई गम्भिरतापुर्वक लिई प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

‘कुनैपनि घटनाको अनुसन्धान जिरोबाट सुरु भई एक्कै चोटि सयमा पुग्छ, या त जिरोबाट सुरु भई जिरोमा झर्छ, उनले भने,‘ त्यसकारण यो घटनाको अनुसन्धान कहाँ सम्म पुग्यो भन्ने अवस्था छैनन ।’ यसबैची, दुई सप्ताहभन्दा बढि दिनदेखि बेपत्ता भएका झा दाम्पतीको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरमा बुधवारदेखि रिलेअनशन सुरु भएको छ । घटनाको यतिको दिन भईसक्दापनि झा दाम्पतिको अवस्था अझै अज्ञात हुनेले प्रहरी प्रशासनको लाचारि प्रष्ट देखिएको उनीको भनाई छ । युवा नेता दीपक कुमार झा, दिनेश पूर्वे, शिक्षक अरविन्द यादव, काँग्रेस नेता ललन चौधरी लगायतले रिले अनशन थालेका हुन् । फागुन १० गते राती घरबाटै दुवै वेपत्ता पारिएको हो ।

Comment


Related News

Latest News

Trending News