अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार ०७:३७

सर्लाही । उखुको भुक्तानिमा झन्झटिलो हुदा उखु खेती प्रतिको अकार्षण घटदै गएको छ ।

नग्दे वालीको रुपमा लिएको उखुको भुक्तानि पाउन वर्षेनि आन्दोलन गर्नु पर्दा उखु खेतीको अकार्षण खटेको हो । किसानको आकर्षण घटदा चिनी उद्योगलाई लक्ष्य अनुसारको उखु पुग्न अपुग भएको छ । उद्योगबाटै उखुको भुक्तानि वर्षौंसम्म नपाईने अनि सरकारी अनुदान पाउन पनि वर्षदिन भन्दा बढी कुर्नुपर्ने लगायत झञ्झट बेहोर्नु पर्ने भएपछि किसानले पछिल्लो समय उखु खेती छाड्दै गएका छन् । जसका कारण चिनी उद्योगहरुको लक्ष्य अनुसार उखु क्रसिङ हुन सकेको छैन । ईन्दुशंकरले केही वर्ष अघिमात्र ४० लाख क्विन्टल हाराहारी उखु क्रसिङ गरेको थियो । तर चालु सिजनमा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएपनि लक्ष्य पुरा हुन सकेन । ७९ दिन उखु क्रसिङ गरेर मंगलबार बेलुका साँढे ५ बजेदेखि ईन्दुशंकर चिनी उद्योगले उखु लिन बन्द गरेको हो । सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनीले चालु सिजनमा २२ लाख १६ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले बताए ।

पुस ६ गतेदेखि सञ्चालनमा आएको उद्योगले २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि लक्ष्य अनुसार उखु पेल्न नसकिएको उनले बताए । अन्य चिनी उद्योगले भुक्तानिमा किसानलाई लामो समयसम्म हैरानी दिइ रहेपनि इन्दुशंकरले भने निरन्तर भुक्तानि गरिरहेको उखु प्रवन्धक रजकले दावी गरेका छन् । उद्योगले जारी सिजनमै ७५ करोड रुपैंया भुक्तानी गरिसकेको र बाँकी रहेको भुक्तानीका लागि पनि तालिका प्रकासित गरिसकिएको उखु प्रबन्ध रजकले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News