अपडेट 
२०७७ फाल्गुन २८, शुक्रबार १०:५७

भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् ।

एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ । एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ ।

यता, भारतमा नै विकास र उत्पादन गरिएको ‘कोभ्याक्सिन’ लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News