अपडेट 
२०७७ चैत्र १, आईतवार ०७:२८

विश्वभरमा नौं करोड ६५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा नौं करोड ६५ लाख ७१ हजार दुई सय ५१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १२ करोड ३३ हजार आठ सय १३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २६ लाख ५८ हजार आठ सय ६१जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड आठ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड ४३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड २१ लाख आठ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ४६ हजार पाँच सय ५७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १३ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड नौं लाख ८७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५८ हजार ६ सय ४२ जना पुगेको छ। नेपालमा हालसम्म दुई लाख ७५ हजार एक सय ७८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७१ हजार दुई सय ४९ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News