अपडेट 
२०७७ चैत्र १, आईतवार ०७:४६

बीरेन्द्र बजार(सप्तरी) । सप्तरीको महादेवा गाउँपालिकामा शनिबार प्रदेश नम्बर २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अति बिपन्न तथा कोरोना प्रभावित परिवारलाई राहत बितरण गरेका छन् ।

नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाको सहयोगमा महादेवा गाउँपालिकाका अति बिपन्न तथा कोरोना प्रभावित २ हजार १ सय १० परिवारलाई मन्त्री साहले राहत प्रदान गरेका हुन् । महादेवा गाउँपालिकाको बतनाहामा आयोजित एक कार्यक्रमका बिच मन्त्री साह र महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले संयुक्त रुपमा प्रति परिवार १० हजारको दरले राहत समाग्री प्रदान गरे । अति बिपन्न तथा कोभिड १९ प्रभावित परिवारलाई मन्त्री साह र अध्यक्ष यादवको पहलमा नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाले सहयोग गरेको गाउँपालिकाले जनाएको छ । राहत बितरण गर्दै मन्त्री साहले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन समेत गरेका थिए । संस्थाले गरेको सहयोगले अति बिपन्न तथा कोरोना प्रभावित परिवारलाई ठूलो राहत मिलेको बताउदै मन्त्री साहले संस्थाका प्रतिनिधिहरुको प्रशंसा समेत गरे । कार्यक्रममा चामल, दाल कमल, स्यानिटाइजर, तेल, नुन गरि १० हजार बराबरको समाग्री प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News