अपडेट 
२०७७ चैत्र १, आईतवार १०:३९

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कमिटी बैठक यही चैत ५ गते बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान १०ः३० मा बस्ने बैठकले सत्तासमकिरणबारे औपचारिक निर्णय गर्ने एक नेताले बताए । बैठकले एकीकरणपछि बाँकी रहेका संगठन समायोजन सम्बन्धी निर्णयसमेत गर्ने बताइएको छ । सबै पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित हुनेछन् । सत्ता समिकरणका लागि जसपाले अहिले विभिन्न माग राख्दै सबै पक्षसँग संवाद जारी राखेको छ ।

Comment


Related News

Latest News

Trending News