अपडेट 
२०७७ चैत्र १, आईतवार ११:३४

सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका–६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् । एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र २–०३–०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएका छन् । मोटरसाइकल पूर्ण रुपमा जलेको छ । शुक्रबार राति १ बजेतिर मुस्तुफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका एैसानलाई आइतबार बिहान पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News