अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:१७

अन्तराष्ट्रिय मानव मिलनका संस्थापक नेपाल केसरी डा.मणिभद्र मुनीजी महाराजले समाजमा बढेको विकृतिका कारणले मानवलाई पंगु बनाएको तर्क गरेका छन् ।

सर्वोदय शांति पद यात्राका लागि निस्केका जैन मुनि डा.मणिभ्रदले आइतवार टुडेसंग कुराकानी गर्दै विज्ञान र अविश्कारको विकासले परमाणु बम जस्तो विनाशक सस्त्र दिएपनि भुख, अशिक्षा, रोग, भयसंग लडदै आएका मानवलाई केहि पनि नदिएको बताए । जहासम्म वर्ग, वर्ण, धर्म र राष्ट्रको प्रश्न छ, उनले भने–‘ त्यो सबै व्यक्तिगत स्वार्थले विश्व मानव कल्याणको कुनै सार्वभौम मार्ग निर्धारित गर्नमा असफल भएको छ ।’ राष्ट्रवादको नाममा मानवता विभिन्न खाले सीमामा घेरिएको बताउदै उनले यसै कारणले समाधानको विन्दु खोज्न मुश्किल जस्तै भएको बताए । उनले शिक्षाको नाममा वेकारी, श्रमको नाममा बेरोजगारी र उपलव्धीको नाममा लोकव्यापी शुन्यता नै यसको ज्वलन्त मानवीय समस्याको उदाहरण रहेको बताए । मुनि मणिभद्रले वर्गगत सबै सीमालाई हटाएर एक मंचमा एकतृत भई गम्भीर भएर वर्तमान र भविष्य कस्तो चाहेको हो त्यसप्रति सोच्नु आवश्यक रहेको बताए ।

उनले वैचारिक एकता नै हाम्रो प्राथमिकता रहनुपर्ने र यसले नै अगाडी बढनमा सरलता प्राप्त हुने बताए । नेपाल केशरी समेत रहेका जैन मुनिले भारतको कश्मीरदेखि लिएर कन्याकुमारी सम्म भारतको सम्पुर्ण भाग,भुटान र नेपालको पदयात्रा गरिसकेका छन् । समाजमा रहेको भेदभाव हटाएर एकजुटताको संदेशका साथ सुरु गरिएको सर्वोदय शान्ति पद यात्रा भारतको गुवाहाटी देखि शिलांग, शिलांगबाट पुनः गुवाहाटी, बंगाइगाव, कोकराझार,अलीपुरद्धार, सिलीगुडी हुदै नेपालको काकडभिटा प्रवेस गर्दै धुलावाडी, दमक, इटहरी, धरान, विराटनगर, राजविराज, जनकपुरधाम, काठमाण्डु देखि पोखरा सम्म पदयात्रा गरिने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News