अपडेट 
२०७७ चैत्र २, सोमबार ०७:२५

बीबीसी मास्टर सेफको उपविजेता बन्न सफल सिरहाका सन्तोष साहलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

आफ्नो घर सिरहा आउने क्रममा आइतबार जनकपुर विमानस्थलमा साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको हो । उनका बाल्यकालका साथीसमेत रहेका जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहको अगुवाइमा उनलाई सम्मान गरिएको हो । जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए । साहले देशको नाम चम्काएको खुसीमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए । साहलाई लिन उनकी आमासहित दाजु–भाउजू जनकपुरधाम विमानस्थल पुगेका थिए । पत्रकारहरु संगको कुराकानीमा सन्तोषले आफु काठमाण्डु आएर भान्से कुनै पनि जागिर भन्दा कम होइन भन्ने कुरा बुझाउन सक्रिय रहेको बताए ।

विमानस्थलमा स्वागत गर्न पुगेका युवाहरु सन्तोषले देशको नाम विश्वमै उज्जवल पारेको र सिरहादेखि भारतको गुजरात हुदै लन्डन सम्मको १८ वर्षको यात्रामै देशको शान उच्च पारेको भन्दै न्यायो स्वागत सहितको केक समेत विमानस्थलमै काटेर खुसी बाँडेका थिए । जानकी मन्दिरमा दर्शन पछि साथीभाईलाई भेटेका सन्तोष गृह जिल्ला सिरहा प्रस्थान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News