अपडेट 
२०७७ चैत्र २, सोमबार ०८:३८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा आइतबार (हिजाे) प्रस्तुत ६ एजेण्डामा केन्द्रित रहेर छलफल हुने जनाइएको छ । आइतबारबाट पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको बैठक आज बिहान ११ बजेका लागि पुन: बोलाइएको हो । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राख्नुभएको थियो भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गर्नुभएको थियो। माओवादी केन्द्रले नाम फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिरहेको छ । सर्वोच्चको फैसालले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

Comment


Related News

Latest News

Trending News