अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०६:४६

लहान । सिरहा जिल्लाको मुख्य बजार लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विष्फोट गराउने अभियोगमा सशस्त्र प्रहरीले एकजनालाई सोमवार पक्राउ गरेको छ ।

आइतवार दिउँसो ३बजे भएको बम विष्फोटमा परी ८ जना घाइते भएका थिए ।लहान नगरपालिकाको वडा नम्बर १८मा घर भएका २८ वर्षिय बलराम मण्डललाई सुखीपुर नगरपालिकाको वडा नम्बर २ विद्यानगरबाट सोमबार साँझ सशस्त्र प्रहरीले पक्राउ गरेकोछ । विशेष सुराकीको अधारमा प्रहरीले मण्डललाई पक्राउ गरेको बताइएकोछ ।पक्राउपरेका मण्डल सशस्त्र भूमिगत संगठन जनतान्त्रिक मुक्ति मोर्चा( क्रान्तिकारी)को सदस्य रहेको अनुमान गरिएकोछ । सशस्त्र प्रहरीले पक्राउ गरेको मण्डललाई थप अनुसन्धान र कार्वाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।मण्डलको बारेमा भने प्रहरीले विस्तृत बताउन चाहेको छैन् ।जिल्ला प्रहरी कार्यालय सिरहाका अधिकारीहरुले मण्डल पक्राउ परेकोलाई पुष्टि गरेको छ । लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटमा घाइते भएका ८ जना मध्ये एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाण्डुलगि ट्रमा सेन्टरमा उपचार भइरहेकोछ ।बम विष्फोट गराउने मुख्य व्यक्ति मण्डल नै रहेको प्रहरी अधिकारीहरुको कथन छ । बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राही समेत घाइते भएका थिए ।

शरिरको विभिन्न भागमा छर्रा लागेका दिनेश भण्डारीको स्वास्थ्यमा सुधार भएको बताइएकोछ ।कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार बिराटनगरमा भइरहेकोछ ।अन्य घाइतेहरु समान्य उपचारपछि घर फर्केका छन् । घटनास्थलमा जनतान्त्रिक मोर्चा (गोइत) समुहको पर्चा फेला परेको थियो ।घटना लगतै मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्ती जारी गरी घटनाको जिम्मेवारी लिएका थिए । मण्डल पक्राउ परेको सम्बन्धमा भने गोइत समुहको कुनै प्रतिकृया आएको छैन् ।

माओवादी जनयुद्धकै बेला सो पार्टीबाट अलग्गिएर गोइतले स्वतन्त्र मधेश राज्यको मागगर्दै सशस्त्र विद्रोहमा उत्रेका थिए ।त्यसपछि तराईमा सकृय भएका अनेकौ सशस्त्र समुहहरु मध्ये अधिकांश हराएका र केहिका प्रमुख व्यक्तिहरु पक्राउ परेर कारागारमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News