अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०६:५७

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जिल्लामा देखिएको समस्या र तीनको समाधान बारे स्थानिय संचारकर्मी, राजनीतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलmपल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भएर आएको भोली पल्टै सोमबार आफ्नो निवासमा जिल्लाका सरोकारवालासँग जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे उनले छलफल गरेका हुन् । शान्ति सुरक्षा, विकास निर्माण, बाढी, कार्यालयहरुबाट छिटो छरितो सेवा प्रवाह लगायतका विषय समेटिएर गरिएको छलफलबाट प्राप्त सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने सो अवसरमा प्रजिअ पोखरेलले प्रतिबद्धता जनाए । समाचारलाई सूचनाक रुपमा समेत लिने बताएका उनले त्यस उपर पनि आवश्यक कदम चालिने जनाए । चुनौती धेरै रहेपनि यसको ब्यवस्थापनका लागि उठाइने कदममा उनले सरोकारवालाको सहयोग पनि मागेका छन् ।

तथ्यगत सूचना दिएर भ्रष्टाचार, अनियमितता तथा आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु स्थानिय समुदायको पनि दायित्व र जिम्मेवारी हुने प्रजिअ पोखरेलको भनाई थियो । सबै नागरिकसँग एकैपटक साक्षात्कार हुने नसकेपनि सामाजिक अगुवा, संचारकर्मी, राजनीतिककर्मीसँग भेटघाट गरि स्थानिय प्रशासन र जनताबीचको बास्तविक सम्बन्ध मजबुत बनाउने प्रयास स्वरुप भेटघाट र छलफल कार्यक्रम गरिएको उनले बताए । छलफलमा सहभागिहरुले जिल्लाका प्रमुख समस्या र तिनको समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरु बारे आ–आफ्नो सुझाव दिएका थिए ।

Comment


Related News

Latest News

Trending News