अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०७:०८

जनकपुरधाम । मिथिलाको लोकप्रिय १५ दिने परिक्रमा मंगलबार महोत्तरीको मटिहानी आइपुग्ने भएको छ ।

दुई दिनको भारत बसाई पछि परिक्रमाको डोलासहित यात्री महोत्तरीको मटिहानी आउन लागेको हो । १५ दिवसीय परिक्रमाको तेश्रो बासस्थलको रुपमा मटिहानी रहेको छ । मटिहानी नगरपालिका र स्थानीय संघसंस्थाहरुले परिक्रमा यात्रीको स्वागतको तयारी गरेकाछ । यसअघि सोमबार परिक्रमा भारतको गिरिजास्थान(फुलहर) मा विश्राम गरेको छ ।

शनिबारदेखि शुरु भएको परिक्रमा आइतबार भारतको कल्याणेश्वर पुगेको थियो । कल्याणेश्वरबाट सोमबार परिक्रमाको डोलासहित यात्री गिरिजास्थान पुगेको छ । धार्मिक झाँकी, भजनकीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट शुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुगेको थियो ।

Comment


Related News

Latest News

Trending News