अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०७:१७

कलैया । नेपालका चर्चित कुस्ती खेलाडी देवा थापा बिजेता घोषित भएका छन् ।

हरियाणाका मुना, राजस्थानका कालू, पंजाबका विक्की पहलवान लगायतका ७ जनालाई पराजित गरि सर्वोत्कृष्ट कुस्तीबाज घोषित भएको नेपाली काँग्रेस खेलकुद बिभागका केन्द्रिय सदस्य मणिभुषन यादवले जानकारी दिए । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्र ाष्ट्रिय कुस्ती प्रतियोगितामा सर्वाधिक ७ पटक विजेता बनेका देवा थापालाई १७ किलो चाँदीको गदा केन्द्रिय सदस्य यादवले हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा नेपालको गुंगा पहलवानले दिल्लीका साबिर पहलवान, नेपालको लक्की थापाले पंजाबको सैतान सिंह, दिल्लीका काली पहलवानले गोरखपुरका पवन पहलवान, नेपालको राजेश यादवले आगराका भिम पहलवान, दिल्लीका मन्जित सिंहले महाराष्ट्रका रोहित पहलवानलाई पराजित गरेका थिए । प्रतियोगितामा एक सय ५० भन्दा बढी नेपाल र भारतका कुस्ती खेलाडीहरूले भाग लिएका थिए । ५० लाखको लगानीमा सम्पन्न प्रतियोगिताको पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आईतवार उद्घाटन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News