अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०७:२१

जीतपुर । स्वदेशी उखुबालीको उत्पादन बढाऔँ, चिनी उत्पादनमा आत्म निर्भर बनौँ भन्ने मुल नाराको साथ उखु उत्पादन तथा अनुसन्धान सम्बन्धि सरोकारवालासँग बाराको जितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उखु राष्ट्रिय अनुसन्धान कार्यक्रम जीतपुरको आयोजनामा भएको कार्यक्रममा किसान , चिनि मिल र उखु क्षेत्रको बिज्ञहरुको सहभागिता रहेको थियो । उखु उत्पादन क्षेत्रमा कार्यरत सरोकारवालाहरुको समस्या बुझन अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको संयोजक तुफैल अख्तरले जानकारी दिए । अनुसन्धानको आधारमा किसान र चिनी मिललाई सहयोग गरी उखु बिकासमा टेवा पुरयाउँने बिषयमा कार्यक्रममा सरोकारवालासँग छलफल भएको थियो । उखु बिज्ञहरुले उख उत्पादन बढाउने र लागत घटाउने बिभिन्न आयामको बिषयमा सहभागीहरुलाई सल्लाह सुझाव दिएका थिए । कार्यक्रममा देशभरीका बिभिन्न क्षेत्रका किसान ,उद्योगी र बिज्ञहरुको सहभागिता रहेको थियो । उन्नत जातका उखुका बिउँहरु नेपालमा उपलब्ध हुन नसक्दा उखुको अनुसन्धानमा समस्या भईरहेको बिज्ञहरुले दुखेसो गरेका थिए ।

चिनी मिलका प्रतिनिधिहरुले मिलहरु उखुको अभावमा पुर्ण क्षमतमा सञ्चालन हुन नसकिरहेको जानकारी दिएका थिए । किसानलाई उखुतर्फ आकर्षित गर्न र उखुको बिकासकोलागि बनाएका योजनाको बिषयमा जानकारी दिएका थिए । उखु किसान हकहित सङ्घर्ष समिति बाराका अध्यक्ष ईन्द्र देव महत्तो कोईरीले उद्योग र सरकारले समयमा उखुको मुल्य भुक्तानी नगरिदिदा किसानहरुले उखु उत्पादन गर्न छाडेको जानकारी दिए । उनले २ प्रतिशत ब्याज दरमा किसानले ऋण पाउँने ब्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे ।

कार्यक्रममा ईन्दु शंकर चिनी मिल सर्लाही, रिलायन्स चिनी मिल बारा, हिमालयन चिनी मिल सर्लाही, लुम्बिनी चिनी मिल नवलपर ासी, इस्ट्रन चिनी मिल महोत्तरी, अन्नपुर्ण चिनी मिल सर्लाही, मोहनी चिनी मिल नवलपरासी, ईन्दिरा चिनी मिल नवलपरासी , बाग्मती चिनी मिल नवलपरासी, महालक्ष्मी चिनी मिल सर्लाही, महाकाली चिनी मिल कञ्चनपुर र बागेश्वरी चिनी मिलका प्रतिनिधिहरु बारा र पर्सा कृषि ज्ञान केन्द्रका प्रमुख , ,निबर्तमान मुख्य बैज्ञानिक अनिसुर रहमान अंसारी ,कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका बरिष्ठ प्राबिधिक जंग बहादुर, उखु किसान सङ्घर्ष समितीका अध्यक्ष ईन्द्रदेव महत्तो कोईरी लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News