अपडेट 
२०७७ चैत्र ३, मंगलवार ११:१९

जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो २ बजे जसपाको पदाधिकारी बैठक बस्ने भएको हो । बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल गर्न लागिएको छ । त्यसैगरी बैठकमा सत्ता समीकरणका विषयमा समेत छलफल हुने अनुमान गरिएको छ । बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

Comment


Related News

Latest News

Trending News