अपडेट 
२०७७ चैत्र ३, मंगलवार १३:३६

वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा खसेर सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते भएका हुन् । उनीहरुमध्ये सञ्चालक मियाँको अवस्था गम्भीर छ । इँटाभट्टा नजिकै चिप्लिएर लडेका कामदार कमलेशलाई बचाउन जाँदा सञ्चालक मियाँ जलेर गम्भीर घाइते भएका हुन् ।उनको नारायणी बयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

कलामको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायाणी बयोधा अस्पताललाई उधृत गर्दै डीएसपी खनालले बताए । घाइते कमलेशका अनुसार आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका थिए । तर उनी स्वयं चिप्लेर भट्टीमा खसेको उनले बताए । कमलेश भने वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत छन् । उद्योगका लेखापाल मजरे आलमका अनुसार मियाँ उद्योगको निरीक्षणका लागि भट्टामा जाँदा आगोमा खसेका थिए ।

Comment


Related News

Latest News

Trending News