अपडेट 
२०७७ चैत्र ३, मंगलवार १६:४४

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको कूल संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ९४ जना निको भएर घर फर्किएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएकाे मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म काेराेना संक्रमणका कारण ३ हजार १४ जनाकाे मृत्यु भइसकेकाे छ। मन्त्रालयका अनुसार ९ सय १५ जना संक्रमित आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News