अपडेट 
२०७७ चैत्र ४, बुधबार ०६:४९

सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

कमलामाई नगरपालिकामा भएको साे दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा कमलामाई नगरपालिका -४ बाँसकटेरीका ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष रहेका छन्। बोलेरो चालकको अवस्था गम्भिर रहेकाले उनकाे काठमाडौंमा उपचार भइरहेकाे छ  । मंगलबार कमलामाई नगरपालिका–७, करमडाँडामा घुम्तीमा मोड्न खोज्दा जीप पछाडि सरेर भिरबाट करिब ५० मिटर तल खसेको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News