अपडेट 
२०७७ चैत्र ४, बुधबार ०७:१९

विभेदका कारण प्रत्यक्ष राजनीतिमा महिला नेतृत्वको सहभागिता न्युन रहेको मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

महिला बालबालिका तथा समाजिक न्याय समिति प्रदेश २ सभा सचिवालयले आयोजना गरेको ‘प्रत्यक्ष राजनीतिमा महिला नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै समाजिक विकास मन्त्री नवलकिशोर साहले विगतभन्दा राजनीतिमा पहिलाको अवस्था सुधार हुदै गएपनि महिलासँगको विभेद अझै जारी रहेको बताए । विभिन्न आन्दोलनमा महिलाको सहभागिता उल्लेख रहेको भन्दै मन्त्री साहले भने,‘ पुरुष जस्तै महिलापनि नेतृत्व लिन सक्षम छन् । तर अवसर नपाउदाँ उहाँहरु प्रत्यक्ष राजनीतिमा आउन सकिरहेका छैनन् ।’ कार्यक्रममा उपसभामुख उपमा कुमारी देवले महिलालाई सक्षम र कुशल नठान्दा प्रत्यक्ष राजनीतिमा महिला नेतृत्वको संख्या न्युन रहेको बताईन् । महिला नेतृत्व गर्न सक्षम भएपनि विभिन्न राजनीतिक पार्टीहरुले समानुपातिक कोटामा मात्रै टिकट दिने गरेको छ, उपसभामुख देवले भनिन्,‘ के उपयुक्त महिलालाई टिकट दिए चुनाव जित्न सक्दैनन् ? निश्चित रुपमा जित्न सक्छन् । तर राजनीतिक पार्टीहरुले महिलालाई अवसर नै दिन चाहदैन् ।’ महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राईनको अध्यक्षतामा भएको कार्यक्रमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले संविधानमा महिलालाई अधिकार दिएपनि व्यवहारमा अझै लागु हुन नसेको बताईन ।

कार्यक्रममा मुख्यन्याधिवक्ता दिपेन्द्र झा, महिला अधिकारकर्मी मोहना अन्सारीले कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

Comment


Related News

Latest News

Trending News