अपडेट 
२०७७ चैत्र ४, बुधबार ०७:३१

घरबाटै बेपत्ता भएका मुसाफिर झा दम्पतीको अवस्था सार्वजनिकको माग गर्दै मैथिली व्राम्हण समाजले मंगलबारदेखि जनकपुरधाममा रिले अनसन सुरु गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नं ५ को सहडोवा टोल निवासी वृद्ध दम्पती मुसाफिर झा र गीता देवी झा २३ दिन अघि बेपत्ता भएका थिए । विहान खोजवीन गर्दा ओछयान सहित बेपत्ता रहेको र भुइमा रगत नै रगत देखिएपछि घटना शंकास्पद बनेको थियो । केहि दिन अघि झा दम्पतीले प्रयोग गर्दै आएको झुल सोहि ठाउँस्थित पोखरीको किनारमा फेला परेपछि मारेर पोखरी भित्र फालिएको अनुमान गरिएको थियो । पोखरीमा खोजवीन गर्दा पनि फेला परेको थिएन् । यता लामो समय देखि झा दम्पती भेटन नसकेकोमा राजनीति भइरहेको र यसमा ठुलै षडयन्त्र देखिएकोले ेपता दम्पतीलाई खोजवीनका लागि दवावस्वरुप जनकपुरधाममा रिले अनसन सुरु गरिएको मैथिली ब्राम्हण समाजका अध्यक्ष जयकृष्ण मिश्रले बताए । खोजवीन गर्नका लागि सवै प्रयास गरियो तर पनि झा दम्पतीको खोजवीनका लागि प्रहरी प्रशासनले तदारुकता नदेखाएपछि जानकीजीको शरणमा आएको उनको भनाई रहेको छ ।

लामो समयदेखि झा दम्पती वेपता रहेपनि खोजवीनका लागि प्रदेश सरकारको ध्यानाकषर्ण किन नभएको भन्दै प्रदेशका कानुन मन्त्री ज्ञानेन्द्र यादव संग प्रश्न गर्दा उनले प्रदेश सरकार झा दम्पतिको विषयमा गम्भीर रहेको र छानवीनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । अहिले अनुसन्धानको क्रममा रहेकाले सार्वजनिक गर्न नसक्ने बताउदै उनले छानवीनका लागि सीआइवीलाई नै मगाउनुपरे मगाउनका लागि प्रदेशका डिआइजीलाई निर्देशन दिइसकेकोले छिटै सत्यतथ्य सार्वजनिक गरिने बताए ।

Comment


Related News

Latest News

Trending News