अपडेट 
२०७७ चैत्र ४, बुधबार १२:५४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम केही दिनका लागि स्थगित गरेको छ ।

स्वास्थ्य सेवा विभागका प्रमुख दीपेन्द्ररमण सिंहका अनुसार सरकारको निर्धारित कार्यक्रम अनुसार बुधबारदेखि ५५ वर्ष उमेर समूह माथिकालाई खोप लगाउने योजना थियो ।उनले भने, ’खोप अभियान नै रद्द भएको होइन, पहिले ५५ वर्षदेखि माथिकालाई पहिले वा दीर्घ रोगीलाई लगाउने भन्नेबारे छलफल हुँदैछ, निर्णय भएपछि खोप अभियान सुचारू हुन्छ । यस विषयमा आज मन्त्रालयमा यस विषयमा छलफल हुँदैछ एक दुई दिनमा नै खोप प्रक्रिया सुरु हुने पनि उनले बताए । बाहिर हल्ला भएजस्तो खोप नसकिएको उनले जानकारी दिए । प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकोले केही दिनमै खोप अभियान शुरू गरिने उनको भनाइ छ ।

५५ वर्ष उमेर माथिकालाई खोप लगाउने कार्यक्रम आजदेखि सकिएको छ । पहिलो चरणमा कोभिशील्ड खोप माघ १४ गतेदेखि २४ गतेसम्म लगाइएको थियो ।

Comment


Related News

Latest News

Trending News