अपडेट 
२०७७ चैत्र ४, बुधबार १६:१३

कोरोनाका कारण गत वर्ष चैत १० गतेदेखि बन्द रहेका वीरगन्जसहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु भोली बिहीबारदेखि औपचारिक रुपमा खुल्ने भएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड–९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय गर्ने जानकारी दिएका हुन् । यसअघि माघ ११ मा बसेको मन्त्रिपरिषदको बैठकले वीरगन्जसहित देशभरका ३० वटा स्थल नाका खोल्ने निर्णय गरेर माघ १५ गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी जानकारी गराइएको थियो । तर भारतबाट नेपाल प्रवेश गर्ने प्रमुखस्थल नाका वीरगन्जमा भने सरकारको निर्णय हालसम्म पनि कार्यन्यवनमा आएको छैन । नाका पूर्ववत् अवस्थामा नखुल्दा वीरगन्ज र यस आसपासका होटल र पर्यटन व्यसाय धराशायी भएका छन् । त्यसैले नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साले बुधबार सिसिएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री ईश्वर पोखरेललाई काठमाडौंमा ज्ञापन पत्र बुझाएको छ ।

मन्त्री निवासमै पुगेर दुबै संघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले बिहीबार अपरान्ह ४ बजे बस्ने सिसिएमसीको बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिए । नाका तत्काल खुला गरिदिन आग्रह गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पन्तले बताए । कोरोना भाइरसको संक्रमण बढेको भन्दै गएको वर्ष चैत १० गतेदेखि सरकारले सीमा नाका बन्द गरेको थियो । भारत सरकारले आफ्नो तर्फको नाका कात्तिक ६ गतेदेखि नै खोलिसकेको भए पनि नेपाल सरकारले भने वीरगन्ज सहितका नाका अझै पनि औपचारिक रुपमा खोलेको छैन ।

https://www.youtube.com/watch?v=I_24HBn9Ymo&t=46s

Comment


Related News

Latest News

Trending News