अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०६:४२

वीरगञ्ज ।नेपाल–भारत सीमानाकाहरु बिहिवारदेखि खुल्ला हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले आश्वासन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय केन्द्रीय कोभिड–९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार बैठक बसेर नाकाहरु खोल्ने निर्णय गर्ने आश्वासन दिएका हुन् । नाका खोल्न माग गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले सीसीएमसीका संयोजक समेत रहेका उप्रप्रधानमन्त्री पोखरेलको निवासमा पुगेर बुधवार बुझाएको ज्ञापन पत्र ग्रहणगर्दै उनले औपचारिक रुपमा नाका खोल्ने निर्णय गरिने आश्वासन दिएका हुन् । गत वर्ष चैत ११गतेदेखि लकडाउन भएसँगै बन्द भएको सीमानाका अझै सुचारु हुन सकेको छैन् ।पैदल रुपमा नेपाल र भारतका नागरिकहरुले सीमा ओहरदोहर गरेपनि सवारी साधनमाथिको रोक हटेको छैन् ।

भारतीय राजदूतावासको परमिट प्राप्त नेपाली सवारी साधनलाई भारतमा प्रवेश गर्न रोक नरहेपनि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा पूर्ण रोक कायमै छ ।भारतीय नम्बरको सयौं सवारी साधन प्रहरी पहुँच भन्दा पर लुकाएर राखिएकछ ।त्यस मध्ये अधिकांश गाडीहरु बिग्रेको बताइन्छ । भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा रोक रहेकाले सीमा क्षेत्रका होटेल, पर्यटन व्यवसाय सुकेको छ । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जनाए अनुसार देश भित्रका अन्य सबै क्षेत्र समान्य अवस्थामा फर्केपनि होटेल तथा पर्यटन व्यवसायको अवस्था दयनिय नै छ । ‘हामीले दिएको ज्ञापन पत्रपछि उपप्रधानमन्त्रीजीले बिहिवार दिउँसो सीसीएमसीको बैठकबाट सीमा नाका खोल्ने औपचारिक निर्णय गरिने आश्वास दिनुभएकोछ’ उनलभने, सीमामा आवतजावत समान्य भएपछि व्यवसाय विस्तारै लयमा फर्किनेछ । त्यसैले नाका तत्काल खुला गरिदिन आग्रह गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पन्तले बताए ।

वीरगन्ज क्षेत्रमा भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित गएको हप्ता मात्रै होटल तथा पर्यटन व्यवसायी संघ पर्साले ‘पर्यटन पुनरुत्थानको लागि साझेदारी’ कार्यक्रमको घोषणा गरेको थियो । लामो समय सीमा नाका बन्द हुँदा वीरगन्जमा सञ्चालित होटलहरुको करिब सवा ६ अर्ब लगानी जोखिममा परेको पन्तले जनाए ।

Comment


Related News

Latest News

Trending News