अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०७:०५

मलगंवा । सर्लाहीको हरिपुर नगरपालिका वडा न–७, चितायनमा आयोजित तेस्रो प्रदेश नं. २ स्तरीय भलिबल प्रतियोगिता धनुषाले जितेको छ । महाशिवरात्रिको अवसरमा फागुन २८ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका थिए ।

मंगलवार सम्पन्न भएको फाइनल खेलमा नवलपरासी जिल्लाको नवलपुरलाई २५– २२, २५–१७ र २५–२३ को सोझो सेटमा पराजित गर्दै प्रदेश २ को धनुषा बिजेता बनेको आयोजक कमिटीले जनाएको छ । बिजेता टिम धनुषालाई ५० हजार नगदसहित ट्रफी र उपबिजेता नवलपरासीको टिमलाई ३० हजार नगद र ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज बिजेता टिम धनुषाकै सरोज हायूलाई ५ हजार रुपैया नगद र मेडल प्रदान गरिएको छ । यस्तै सोही प्रतियोगितामा सर्लाहीका धीरेन्द्र चौधरी म्यान अफ द सिरिज बन्न सफल भएका छन ।

उनलाई जिल्लाकै ईश्वरपुर नगरपालिका निवासी समाजसेवी मनोज कुमार आचार्यले प्रोत्साहन स्वरूप ३० हजार रुपैया नगद प्रदान गरेको आयोजकले जनाएको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई संविधान सभा सदस्य रामचन्द्र चौधरी, समाजसेवी मनोजकुमार आचार्य, आयोजक लक्ष्मीनाथ युवा क्लब चितायनका अध्यक्ष नरहरि धामी लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News