अपडेट 
२०७७ चैत्र ५, बिहीबार ०७:१९

बीरेन्द्र बजार(सप्तरी) । जसपाका जनबर्गीय संगठन जनता समाजवादी थारु संघले साँसद रेशम चौधरीको रिहाईका लागि सप्तरीमा विशाल जागरण सभाको तयारी गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित माबि भगवतपुरमा अगामी चैत २० गते जागरण सभाको आयोजना गर्ने तयारी गरेको हो । रेशम चौधरी लगायत टिकापुर थारु बिद्रोहका बन्दिहरुको रिहाईका लागि जनदबाब दिने मुख्य उदेश्यका साथ आयोजना गर्न लागेको जागरण सभा तयारीका लागि विभिन्न तयारी समितिहरु समेत गठन गरेको छ । जसपाका केन्द्रिय सदस्य एबम जागरण सभा तयारी समितिका संयोजक कल्पना चौधरीको अध्यक्षता तथा जसपा केन्द्रिय सदस्य एबम थारु संघका ईन्चार्ज बिनोद चौधरीको प्रमुख आतिथ्यमा आयोजित तयारी बैठकले जनजागरण अभियान संचालन सचिबालय, प्रचार प्रसार समिति, सप्तरीको ४ वटै निर्बाचन क्षेत्रमा क्षेत्रीय स्तरीय र १८ वटै पालिकाहरुमा पालिका स्तरीय जनपरिचालन समितिहरु गठन गरेको छ । बैठकले आबश्यकता अनुसार तयारी समिति र तल्लो स्तर सम्म जनपरिचालन समिति समेत गठन गर्ने निर्णय गरेको जागरण सभाका संयोजक चौधरीले जानकारी दिईन । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको सभा हल कठौनामा आयोजित बैठकमा जनता समाजवादी पार्टी थारु संघका केन्द्रिय अध्यक्ष शम्भु चौधरी,सचिब राम प्रसाद चौधरी,जसपाका केन्द्रिय सदस्यहरु दिनेश यादव, महेन्द्र प्रसाद चौधरी,बिशेश्वर रजक, मधेश प्रदेश समितिका सदस्य रमाकान्त चौधरी लगायत जिल्ला स्तरका जनबर्गीय संगठनका पदाधिकारी, स्थानीय तहका अध्यक्षहरु सहित जसपाका विभिन्न तहका नेताहरुका उपस्थिति रहेको थियो ।

बैठकमा नेताहरूले प्रधानमन्त्री ओली नेतृत्वको एमालेलाई कुनै पनि सर्तमा समर्थन गर्न नहुने बिचार व्यक्त गरे । जागरण अभियानलाई प्रतिगामी संग सहकार्य गर्न नहुने खबरदारी सभाको रुपमा लैजान बक्ताहरुले सुझाव दिए । रेशम चौधरीको रिहाई गर्न तयार भए काँग्रेस र माओबादी केन्द्र सहितमा अग्रगामी पार्टी शक्ति सित मिलेर सरकार गठन गर्नुपर्नेमा उनीहरुले जोड दिए । बैठकमा बोल्दै नेताहरूले रेशम चौधरी लगायतका टिकापुर थारु बिद्रोहका नेताहरूलाई रिहाई गर्नुपर्ने बताउदै जागरण अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । जसपा शम्भुनाथ नगरपालिकाका अध्यक्ष सरोज चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत जनता समाजवादी थारु संघका केन्द्रिय उपाध्यक्ष संसारी चौधरीले गरेकी थिईन् ।

जनता समाजवादी थारु संघ केन्द्रिय समितिको आयोजना, जनगर्गिय संगठनको सह आयोजना र जसपा सप्तरीको समवन्यमा कार्यक्रम हुने जागरण सभालाई जसपाका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News