अपडेट 
२०७७ चैत्र ५, बिहीबार १०:२१

विराटनगर : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो । नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधबार राति करिब १ बजे मृत्यु भएको हो ।
कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् ।

Comment


Related News

Latest News

Trending News