अपडेट 
२०७७ चैत्र ५, बिहीबार १४:२१

अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौँ जनाको मृत्यु भएको छ ।

बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लामा भएको दुर्घटना चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेनाको मृत्यु भएको हो । दुर्घटनाका बारेमा रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो। सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरण बाहिर आएपछि जानकारी दिने पनि विज्ञप्तिमा जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News