अपडेट 
२०७७ चैत्र ६, शुक्रबार ०७:३०

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिकाकी उप प्रमुख सरिता शर्माले बालविवाहलाई कानुनी रूपमा दण्डनीय अपराध बताएकी छन् ।

बिहीबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले समाजले यसलाई अपराध मान्न नसक्दा विभिन्न समाजिक समस्या भएको जिकिर गरिन् । बालबालिका सम्बन्धी ऐन २०७५ मा पनि बालविवाह गरेमा दण्डनीय हुने स्पष्ट रुपमा उल्लेख छ तर समाजिक कुरीति, कन्यादान गरेपछि बोझ घट्ने, छोरी अर्कैको सम्पत्ति हो भन्नेजस्ता समाजिक नकारात्मक सोचाइले धेरैजसो बालबालिकाको सानै उमेरमा विवाह हुने गरेको उनले बताइन् । गाउँसमाज सबै सचेत नहुँदासम्म बालविवाह रोक्न सकिँदैन। बालबालिकाको भविष्यप्रति सबै सचेत हुन जरुरी छ, उनले भनिन् । शहीद शिव चन्द्र स्मृति भवन लोहरपट्टीमा बिहीबार बालविवाह तथा उमेर नपुगी र जवरजस्ती गरिने विवाह न्यूनीकरण परियोजना द्वारा आयोजित कार्यक्रममा वडा न ५ का अध्यक्ष सेख निसरुदिनले समाजिक अगुवा पंडित, पुरोहित, मौलवी, प्रहरी, शिक्षक, आमा समुह लगायतले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउदै कानुनविपरितको काम हो भन्ने सन्देश सबैतिर फैलाउनुपर्छ ।

कार्यक्रममा नगरपालिकाका अधिकृत बिनोद कुमार यादव ,शिक्षक श्यामसुन्दर यादव ,राम कृष्ण मंडल ,रेनु गुप्ता रौनियार ,राम अशिष चौधरी ,झम्केश्वर ओझा लगायतले समाजिक जागरण संदर्भमा मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News