अपडेट 
२०७७ चैत्र ६, शुक्रबार ०७:३८

जीतपुर । बारास्थित भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुह पथलैयाको अध्यक्षमा पुनः पेशलकुमार मुलमी चयन भएका छन् ।

संस्थाको १३औँ साधारण सभा तथा ५ औँ अधिवेसनबाट मुलमी अध्यक्षमा चयन भएका हुन् । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तर्गत रहेको यस समुहको उपाध्यक्षमा सरस्वती लामा, सचिवमा सुमन थापा मगर, कोषध्यक्षमा शोभा लामा सर्बसम्मत चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा अर्जुन लम्साल, बालकुमार थापा मगर, खैरुनेसा, तुलसा कार्की, कवित धौजु, मुना कार्की र निलम परियार रहेको जनहित उपभोक्ता समितिका कार्यालय ब्यवस्थापक राजन न्यौपानेले जानकारी दिए ।

संस्थाका अध्यक्ष मुलमीको अध्यक्षतामा सम्पन्न साधारण सभामा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गको प्रमुख आतिथ्यत रहेको थियो । कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, वडा नम्बर १ का वडा सदस्य रामदास धौजु लगाएतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News