अपडेट 
२०७७ चैत्र ६, शुक्रबार १२:४१

बैतडी । जिल्लास्थित एक होटलबाट वडाअध्यक्ष पक्राउ परेका छन् ।

दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा होटलमा एक महिलासँग शंकास्पदरुपमा भेटिएसँगै प्रहरीले पक्राउ गरेको हो । शंकास्पदरुपमा भेटिएका वडाध्यक्ष र महिलालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

https://www.youtube.com/watch?v=qiYMYGuQvM0&t=350s

Comment


Related News

Latest News

Trending News