अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:११

जनकपुरधाम । डिप्लोमा तहको समेष्टर र प्रि–डिप्लोमा तहका वार्षिक परीक्षालाई अमर्यादित बनाउने क्रियाकलापमा संगल्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयले बिहीबारदेखि परीक्षा संचालन गरेको हो । डिप्लोमा तहको समेष्टर र प्रि–डिप्लोमा तहका वार्षिक परीक्षालाई मर्यादित एवं शान्ति पुर्ण ढंगले संचालन गर्नका लागि अनुगमनमा खटिगएको अनुगमन टोलीले शुक्रबार विभिन्न समाग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न केन्द्रहरूको परीक्षामा संस्थागत रूपमा तयार गरिएका साना साईजका फोटोकपी बुकलेटहरू टोलीले फेला पारेको थियो । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान गर्दा शुक्रबार जनकपुर उप– महानगरपालिका वडा नं. ४ स्थित भैरवचोक र मुरली चोक एरियामा ऋत्भ्ख्त् पाठ् यक्रम अन्तर्गतका पुस्तकहरुलाई फोटोकपी गरी सानो चिटको साईजमा बनाई बिक्री वितरण गर्नेलाई पक्राउ गरेको हो । ऋत्भ्ख्त् को परीक्षालाई अमर्यादित बनाउन सहयोग गर्ने जनकपुर उप–महानगरपालिका ३ बस्ने ३१ वर्षीय रोहित गुप्ता, ५० वर्षीय मनोज कुमार श्रेष्ठ, वडा नं. ५ बस्ने ३७ वर्षीय बिजय कुमार साह, वडा नं. ४ बस्ने ६२ वर्षीय जय कुमार साह र ३२ वर्षीय कौशल किशोर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको साथबाट २ थान ल्यापटप, १ थान मोवाईल र सानो चिट साईजको फोटोकपी बुकहरू ५ बोरा बरामद गरेको छ ।

शिक्षा ऐन २०२८ को दफा १७ को १ (च) बमोजिमको कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News