अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:१६

जीतपुर । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख डा.कृष्ण पौडेलले नव निर्मित न्यायिक समितिको ईजलासको उद्घाटन गरेका छन् ।

नव निर्मित ईजलासको संरचनाको निरीक्षण शुक्रबार बारा जिल्ला अदालतका १ नं.बेन्चका न्यायाधिश खिलनाथ रेग्मी र ५ नं.बेन्चका न्यायाधिश प्रकाश प्रसाद पण्डितले गरेका छन् । ईजलासको भौतिक संरचना निर्माणको न्यायनधिशद्धयले सराहना गरेका छन् । ईजलास संचालनको ब्यवस्थित ब्यवस्थापनले ईजलासको कार्य सम्पदानमा सहज बाताबरण सिर्जना हुने बिश्वास उनीहरुले ब्यक्त गरे । ईजलासको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको न्याय समितिको संयोजक तथा उपप्रमुख सरस्वती देबी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेल ,न्यायिक समिति सदस्य तुलसा मैनाली ,क्यामुदिन मिया मंसुरी ,अधिवक्ता दामोदर पौडेल लगायतको सहभागिता रहेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा न्यायिक समितिको ईजलास हरेक हप्ताको शुक्रबार बस्ने गरेको छ । जसमा ७ देखि १० वटा सम्म बिवादित बिषयहरुमा छलफल तथा निर्णहरु हुने गरेको उपमहानगरपालिकाको कानुन अधिकृत अस्मिता सिटौलाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News