अपडेट 
२०७७ चैत्र ७, शनिबार ०७:३५

राजविराज । स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत जिल्लाको दई स्थानीय तहमा चेतनामुलक नाटक मन्चनको सुरुवात गरिएको छ ।

लैंगिक हिंसा, कोरोनाको रोकथाम, वास्तविक जीवनको सिकाई, समुदायमा पुरुषको संलग्नता, घरायसी कामकाज बाडफाँड लगायतका विषय समेटिएर स्थानीयको जनचेतना बृद्धि गर्ने लक्ष्यका साथ जिल्लाककंचनरुप नगरपालिका र तिरहुत गाउँपालिकाको विभिन्न वडामा यो अभियान शूरु गरिएको हो । कोशी पीडित समाज र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित सडक नाटक अभियानमा सहभागि स्थानीय कलाकारहरुले नेपाली, हिन्दी, मैथली, भोजपृुरी लगायतका भाषामा नाटक मन्चन गर्दै स्थानीयलाई चेतना बाड्दै गरेका छन् । चेतनामुलक सन्देशहरु दिएर भईरहेको नाटक स्थानीयले निकैचाख मानेर हेर्ने गरेका छन् ।

लैगिंक हिंसा, कोरोना रोकथाम, घरायसी कामकाजमा पुरुषको सहभागिता लगायतका विषय समेटिएर सूरु गरिएको नाटक प्रर्दशनका लागी युकेएड र युनिलिभरले आर्थिक सहयोग जुटाई दिएको आयोजक संस्थाका अध्यक्ष देवनाराण यादवले बताए । उनले नाटकबाट दिएको सन्देशलाई जीवनमा उर्तान समुदायलाई आग्रह समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News