अपडेट 
२०७७ चैत्र ७, शनिबार १२:२२

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् । शनिबार  पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।  नेपाल पक्षले फागुन २८ गतेको निर्णय नसच्चिएसम्म बैठकमा सहभागी हुन नसक्ने अडान लिँदै आएको छ । फागुन २८ मा ओलीले जिम्मेवारी हेरफेर गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको पद खारेज गरिदिएका थिए । 

Comment


Related News

Latest News

Trending News