अपडेट 
२०७७ चैत्र ७, शनिबार १९:२६

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले गुटगत गतिविधि गरेर पार्टी विधान विपरितका काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् । यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने केहि प्रस्तावमा पनि छलफल भइरहेको छ । संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेका व्यक्तिको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्षलाई नै दिने प्रस्तावमा छलफल भइरहेको छ । अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको निर्णयको जिम्मेवारी र केन्द्रीय कमिटी सदस्यको मनोनयन तथा कारबाहीको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिने प्रस्ताव बैठकमा पेश भएको छ ।

यसअघि बिहान बसेको संसदीय समितिको बैठकले संसदीय दलको उपनेता बर्खास्ति र नियुक्तिको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । 

Comment


Related News

Latest News

Trending News