अपडेट 
२०७७ चैत्र ८, आईतवार ०६:५९

जनकपुरधाम । समाजमा विकृतिको रुपमा रहेको लैङिगक विभेद अन्त्यका लागि सबै पक्ष गम्भिर हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

२१औ सताब्दीको अन्तिम चरणमा आइसकेपनि हाम्रो समाजमा लैङिगक विभेद जस्ता विकृती अझैपनि जारी रहेकोले त्यसको अन्त्यको लागि सबै पक्षले आफ्नो स्थानबाट सकरात्मक कमद चाल्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा महोत्तरीको जलेश्वर नगरपालिकाको समन्वय तथा रतौली युवा क्लव महोत्तरीको सहजिकरणमा आयोजना गरिएको लैङिगक विभेद अन्त्य परियोजना अन्तर्गत ‘बाल संरक्षण समितिका पदाधिकारी तथा मलाई विद्यालय पठाउ’ विषयक प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा वक्तारुले यस्तो धारणा राखेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा पुर्व सञ्चार राज्यमन्त्री सुरिता साहले लैङिक उठाउनुपर्ने बताईन । जनचेतनाको अभाव तथा नकरात्मक सोचको कारण अहिले पनि हाम्रो समाजमा लैङिक विभेद जस्ता विकृती कायमै रहेको उनले बताईन् । महिलाको हकहितका लागि मुलुकमा धेरै कानुन निर्माण भएरपनि त्यो कार्यान्वयनमा नआएकोले लैङिक विभेदलाई मद्दत पुगेको उनको भनाई थियो । कार्यक्रममा रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले विगतभन्दा लैङिक विभेदका घटनामा सुधारभएपनि त्यसको अन्त्य अझै हुन नसकेको बताए ।

राज्यले महिला हिंसा, बाल अधिकार लागयतका सम्बन्धि बनाएको कानुनको ईमन्दारिता साथ कार्यान्वयन नहुदाँ यस्तो अवस्था आएको बताए । समाजमा जड गाडेर बसेको लैङिक विभेद, महिला हिंसा लगायतका नियन्त्रण गर्न सामुहिक सहयोगको आवश्यकता रहेको उनले बताए । कार्यकारी निर्देशक चौधरीको अध्यक्षतमा सम्पन्न सो कार्यक्रममा जलेश्वर नगरपालिका वडा १० का वडाध्यक्ष विकाउ दास, सहजकर्ता रंजना पोखरेल लगायतले मन्तव राखेका थिए ।

Comment


Related News

Latest News

Trending News