अपडेट 
२०७७ चैत्र ८, आईतवार ०७:०७

मलगंवा । मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न वडाका १७ जना टुहुरा बालबालिकाहरुलाई जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको आर्थिक सहयोगमा निःशुल्क कापी,कलम,पुस्तक लगायतका शैक्षिक समाग्रीहरु वितरण गरिएको छ । \

बाल कल्याण समाज (ऋध्क्) रामनगर–२ का अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा मलंगवास्थित जिल्ला समन्वय समितिमा शनिबार आयोजित कार्यक्रममा सभापति चौधरीले प्रति विद्यार्थी आठ थान काँपी,दस थान डट पेन, एक थान औजार बक्स , एक थान कलर बक्स र एक थान स्टेप बाइ स्टेप किताब बितरण गरेका थिए । सो अवसरमा विपन्न तथा टुहुरा स्कुलले बालबालिकारुलाई वितरण गर्न संस्थालाई ती शैक्षिक समाग्रीहरु उपलब्ध गराएर सहयोग पुर्याउनु भएको भन्दै अध्यक्ष यादवले संस्थाको तर्फबाट दाता चौधरीलाई गमछाओढाएर कदरपत्रको साथ सम्मानित गरिएको कार्यक्रमका संचालक मानवअधिकारकर्मी मुकेश मिश्रले जानकारी गराए । कार्यक्रममा समाजसेवी महेश्वर यादव(महेशी)ले शैक्षिक समाग्री प्राप्त गरेका बालबालिकाहरु मध्येबाट ५ जना अती विपन्न टुहरा विद्यार्थीहरुलाई आफ्नो तर्फबाट शैक्षिक समाग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।

उनले मलंगवा न.पा–२ मा संचालन गरेको नर्सरीबाट कार्यक्रममा उपस्थितभएका बालबालिकाहरुलाई एक एकवटा फुल अथवा तरकारीको बिरुवा निःशुल्क रुपमा प्रदान गर्ने प्रतिवद्धता गरेको कार्यक्रम संचालक मिश्रले बताए । कार्यक्रममा दलित अधिकारकर्मी राजेश पासवान , शिक्षक प्रवेज मिकरानी,पत्रकार मनोज यादव ,मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News