अपडेट 
२०७७ चैत्र ८, आईतवार ०७:१९

जनकपुरधाम । मिथिलामा शनिबारदेखि विधिवत रुपमा रंगअबिरको पर्व होली शुरु भएको छ । परिक्रमाको आठौँ दिन शनिबार मिथिलाबिहारी र किशोरीजीको डोलासहित यात्री कञ्चनवन पुगेका छन् ।

महोत्तरीको ध्रुवकुण्डमा शुक्रबार राती बास बसेका परिक्रमा बासी शनिबार कञ्चनवन आइपुगेको हो । परिक्रमा सहभागी तिर्थालुहरुको अनुहार र कपडा रंगले रंगिएको थियो । हरेक वर्षझैं कञ्चनवनमा परिक्रमा पुग्नुअघि नै होलीको तयारी गरिएको थियो । धार्मिक तथा पौराणिक मान्यताअनुसार भगवान रामले होली खेलेको ठाउँ कञ्चनवन पुगेपछि परिक्रमा यात्री प्रत्येक वर्ष होली मनाउने परम्परा छन् । कञ्चनवन पुगेका परिक्रमा बासी होलीको लोक गित ‘होरी’ गाउदै एक अर्कालाई अबिर दलेर होली मनाएका हुन । त्रेता युगमा भगवान रामले कञ्चनवनमा होली खेलेको मान्यता अनुसासर १५ दिने मिथिला महात्म परिक्रमा सहभागिहरुले होली मनाएको हो । कञ्चनवनमा आउने आगन्तुकलाई स्थानियले अबिर दलेर स्वागत गरेका छन् । कञ्चन वनमा परिक्रमा वासीलाई स्वागत गर्न र होली उत्सव बनाउन भव्य सांस्कृतीय कार्यक्रमको आयोजना गरिएको किसोरीजीको खल्सा नेतृत्व गर्ने सुन्दर सदनका महन्थ नवलकिशोर सरणले बताए । कञ्चनवनको यो होलीसँगै मिथिलामा पर्वको रौनक शुरु हुने र फागुन पूर्णिमाको भोलिपल्ट समापन हुने परम्परा रहेको छ । परिक्रमाको क्रममा यात्रामा आफन्त, कुटुम्वजन छन् भन्ने थाहा भएपछि आफ्नो घर नजिक पर्ने विश्रामस्थलमा उनीहरुका लागि विशेष परिकार बनाएर पु¥याउने आम प्रचलन छ । यसैअनुसार कञ्चनवनमा पनि यात्रामा रहेका आफन्त भेट्न बिभिन्न परिकारसहित कञ्चनवन वरिपरिका बासिन्दा पुगेका छन् ।

कञ्चनवनमा हुने यो भेटघाटमा अबिरको खेल अनिवार्यजस्तै रहेको छ । माध्यमिकी परिक्रमाका सब रात्रि विश्रामस्थलले विशिष्ट परिचय ओगटेका छन् । यसमध्ये कञ्चनवनमा रामसीताले अबिर खेलेर विहार गरेका रामायणकालीन कथा प्रसङ्गले यहाँको माटो र परिवेश अझ उन्नत रहेको छ । रामायणकालीन यो गाथाको पहिचान जिवन्त राख्न र कञ्चनवनको परिचय अझ बढी मुखरित गर्न नगर कार्यपालिकाले निरन्तर प्रयत्न गरिरहेको छ । मिथिलामा परिक्रमाको आठौं दिन कञ्चनवनमा श्रीराम जानकीलाई अबिर अर्पण गरी यात्रीले एकापसमा रङ्गअबिर खेलेपछि फागुपर्व शुरु हुने मान्यताअनुसार नै मिथिलामा रङ अबिर खेल्न सामाजिक स्वीकृति पाएका नाताबीच आपसमा होली (रङ, अबिर) खेल्न पाइने स्थापित मान्यता छ । कञ्चनवनको रात्रिवासपछि यात्रुहरु आफ्नो अघिल्लो यात्रामा रङअबिर खेल्दै अघि बढ्ने गरेका छन् । शनिबार कञ्चनवनमा फागुको शुरुआत गरेर रात्रि विश्राम गरेपछि १५ दिने परिक्रमामा महोत्तरीको पाँचदिने यात्रा पूरा हुन्छ । अब परिक्रमाका नवौँ दिन यात्री महोत्तरी यात्रा पूरा गरेर धनुषा प्रवेश गर्नेछन् । यात्राको चौथो दिन मटिहानीबाट जिल्ला प्रवेश गरेका यात्रीले मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा चौथो, पाँचौँ, छैठौँ र सातौँ दिनको रात्रि विश्राम महोत्तरीमा पूरा गरिसकेका छन् । मिथिला माध्यमिकी परिक्रमा आइतबार( आज) धनुषा जिल्लाको पर्वता आउने भएको छ ।

महोत्तरी जिल्लाको विभिन्न पाँच स्थानको परिक्रमा गरेर परिक्रमाको डोला आइतबार धनुषा फर्किने भएकोछ । गएको शनिबार धनुषाको हनुमाननगरबाट १५ दिवसीय परिक्रमा प्रारम्भ भएको थियो । १५ दिनको यात्रामा महोत्तरी जिल्लामा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चारगरि १५ रात्रि विश्रामस्थल रहँदै आएको परम्परा छ । कूल १३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला

Comment


Related News

Latest News

Trending News