अपडेट 
२०७७ चैत्र ८, आईतवार ०७:२२

जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहनगरपालिका– ७ शान्ति टोलस्थित एक सैलुनबाट अवैध हतियारसहित प्रहरीले एक जनालाई शनिवार पक्राउ गरेको छ ।

कटुवा पेस्तोल र सो मा प्रयोग हुने दुई थान गोली सहित बारा प्रहरीले महोत्तरी गाउँपालिका—२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भुमिहारलाई पक्राउ गरेको हो । घटनाको प्राराम्भिक अनुसन्धानमा चौधरी ग्राहकलाई हतियार पुर्याउन महोत्तरीबाट बारा गएको हुन सक्ने प्रहरीको अनुमान छ । जितपुर सिमराको एक सैलुनमा बसिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएकोले सो आशंका गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । त्यसैगरि, अघि फागुन २२ गते सप्तरी प्रहरीले एक कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ थान गोलि सहित २ जनालाई पक्राउ थिए । बिक्रिवित्तरणको लागि हतियार लिएर सप्तरीको राजबिराज नगरपालिका आईरहेको समयमा प्रहरीले स्थानीय महेश शर्मा र उनका सहयोगि प्रमोद साहलाई पक्राउ गरिएको थियो । सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमालाका अनुसार सो हतियार बिक्रि गर्ने उदेश्यले नै राजबिराज ल्याएको अवस्थामा गोप्य सुचनाको अधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । हाल ती दुवै अभियुक्त हातहतियार तथा खरजना मुद्दामा पुर्व पक्षको लागि कारागारमा छन् । त्यसैगरि, माघ ६ गते अवैध कटुवा पेस्तोल बेच्न जनकपुरको वारहविघामा एक युवक आएको गोप्य सुचनाको आधारमा धनुषाका प्रहरीले ग्राहककै भेषमा गएर उनलाई पक्राउ गरे । धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका विवेक यादवलाई प्रहरीले २ थान कटुवा पेस्तोल सहित पक्राउ गरे । धनुषाका प्रहरी उपरीक्ष प्रकाश राणभाटका अनुसार भारतबाट एउटा कटुवा पेस्तोल २ हजार र अर्को पेस्तोल ५ हजारमा खरिद गरेर ल्याएका यादव दुवै हतियार ५० हजारमा बेच्ने उदेश्यले जनकपुरमा आएका थिए । यसरी प्रदेश २ का भारतमा सहज रुपमा उपलब्ध हुने कटुवासहित अवैध हातहतियारको विक्रि वितरण बढेको छ । प्रदेश प्रहरी २ कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा अहिले सम्म हातहतियार विक्रिवितरण तथा ओसारपोसारमा २९ जना पक्राउ परेका छन् भने २९ थान हतियार पनि बरामद भएको छ । सबैभन्दा बढि धनुषा, सिरहा र पर्सामा ६÷६ थान अवैध हतियार बरामद भएका प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएको अवैध हातहतियारमा विक्रिवितरणदेखि अपराधिक गतिविधिलाई बढावा मिलेको छ । प्रदेशका विभिन्न जिल्लामा बरामद गरिएका सानो तथा लामो हतियार सिमापारी भारतबाट भित्रियाएको पाईन्छ । भारतमा सजह रुपमा र कम पैसामा पाउने भएकाले अपराधिक गतिविधिमा संलग्न रहेकाहरुले त्यस्ता अवैध हातहतियार खरिद विक्रिमा संलग्न रहेको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । प्रहरीकै सक्रियताको कारण अवैध हातहतियारको किनबेच तथा अपराधिक गतिविधिमा लागेकाहरु धमाधम पक्राउ परिरहेको उनले बताए । नेपाल भारतबीचको खुला सीमानाको कारण त्यस्ता गतिविधि पुर्ण रुपमा गर्न नसकिएपनि त्यसलाई नियन्त्रण न्युनिकरण गर्न प्रहरीले प्राथमिकताका साथ लागेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News